site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करण माघ १२ गते 
SkywellSkywell

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गर्ने 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९' माघ दोस्रो साता हुने भएको छ ।नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन एनएसजेएफले आइतबार पत्रकार सम्मेलनमार्फत अवार्डको २०औँ संस्करण माघ १२ गते हुने जनाएको हो ।

यस वर्ष पनि एनएसजेएफले प्रतियोगिताको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएको छ । 

आइतबार पत्रकार सम्मेलनमा एनएसजेएफ र बजाज पल्सरबीच प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता समेत भएको छ । सम्झौतापत्रमा एनएसजेएफका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराज हुलासचन्द कम्पनीको तर्फबाट कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।

Dabur Nepal
NIC Asia

सम्झौता अनुसार बजाजले पाँचवटा पल्सर मोटरसाइकल र १२ लाख रुपैयाँ अवार्डका लागि एनएसजेएफलाई उपलब्ध गराउने छ ।

“एनएसजेएफ अवार्डलाई हामीले ब्रान्ड बिल्डिङका लागि मात्र हेर्दैनौँ । यसलाई हामीले सामाजिक दायित्वको तर्फबाट पनि हेर्छौं,” सम्झौतापत्रमा हस्ताक्षरपछि हशंराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले भने, “यसबाट हामीले कतिको चर्चा पायौँ भन्दा पनि यो अवार्डसँग जोडिन पाउनु हाम्रा लागि गर्वको विषय हो । एनएसजेएफको आयोजनामा हुने यो अवार्ड बजाज पल्सरको आफ्नै अवार्डजस्तै बनेको छ ।”

२०६० सालेदेखि सुरु भएको यस अवार्डमा एनएसजेएफ र पल्सर पछिल्लो १५ वर्षयता सहकार्य गर्दै आएका छन् । कार्यक्रममा मञ्चका अध्यक्ष सुवेदीले अवार्डमा हंशराज हुलासचन्द कम्पनीको सहकार्यप्रति आभार व्यक्त गरे ।

“देशमा देखिएको आर्थिक मन्दी र व्यावसायिक क्षेत्रमा आएको गिरावटका कारण अवार्ड कार्यक्रम हामीले पूर्वघोषित समयमा गर्न सकेनौँ । केही ढिलै भए पनि व्यावसायिक साझेदारसँग लामो छलफलपछि पुरानै स्तरमा यो वर्ष अवार्ड कार्यक्रम आयोजना गर्न लागेका छौँ,” मञ्चका अध्यक्ष सुवेदीले भने, “सदाझैँ यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिएका छौँ । एनएसजेएफ र हंशराज हुलासचन्द एन्ड कम्पनीबीच अवार्डकै लागि सहकार्य भएको यो १५औँ वर्ष हो । यसका लागि प्रायोजक हंशराज हुलासचन्द कम्पनी र सम्पूर्ण गोल्छा परिवारप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।”

अवार्डको २०औँ संस्करणमा अवार्डको मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिएको एनएसजेएफका महासचिव प्रज्वल ओलीले बताए । महासचिव ओलीले यसबारेको विस्तृत जानकारी अर्को कार्यक्रममा सार्वजनिक गरिने जनाए ।

अवार्डको यस संस्करणमा पनि विगतमा जस्तै यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश गरिएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने र यसका लागि मञ्चको खेलाडी छनोट समितिले कार्य गरिरहेको महासचिव ओलीले बताए । मनोनयन नहुने विधा लाइफटाइम स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने छ ।

अवार्डको गत संस्करणमा वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरूणा शाही, प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अल्मुताइरी र युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् ।

स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको थियो । पाराएथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।

गत संस्करणमा एनएसजेएफले पहिलोपटक खेलाडीका बावुआमालाई समेत सम्मान गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu