site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एफए कपमा एस्टोन भिल्ला आठ वर्षपछि विजयी

काठमाडौं । खेलको अन्तिम समयमा म्याट क्यासले गरेको गोल निर्णायक बनेपछि एस्टोन भिल्लाले एफए कपमा आठ वर्षपछि जित निकालेको छ ।

शनिबार रिभरसाइड रंगशालामा सम्पन्न खेलमा पाहुना टिमलाई जित दिलाउन क्यासले ८७औँ मिनेटमा निर्णायक गोल गरे । एफए कपमा सन् २०१६ पछि एस्टोन भिल्लाको यो पहिलो जित हो । यसअघि भिल्लाले पछिल्लो पटक वेकम्बेलाई आठ वर्षअघि तेस्रो चरणमा हराएको थियो ।

Dabur Nepal
NIC Asia

“हामीले खेलअघि एफए कपको बारेमा कुरा गरेका थियौं । यो ऐतिहासिक प्रतियोगिता हो । सायद विश्वकै उत्कृष्ट प्रतियोगिता हो यो । यस प्रतियोगितामा हाम्रा खेलाडीको कुरा गर्दा उनीहरु त्यति सफल छैनन् । टिमका इमिलियानो मार्टिनेज र क्यालम क्याम्बर्सले मात्र आर्सनलमा हुँदा यो प्रतियोगिताको उपाधि जितेका थिए,” जितपछि भिल्लाका प्रशिक्षक युनाइ इमेरीले भने, “एस्टोन भिल्लाले सातौँ उपाधि जितेको लामो समय भइसक्यो । र, हामी यहाँ क्लबको आगामी दिनमा राम्रो गर्ने प्रयासमा आएका हौँ ।”

सात पटक एफए कपको उपाधि जितेको एस्टोन भिल्ला पछिल्लो समय भने यस प्रतियोगितामा संघर्षरत छ । भिल्लाले पछिल्लो पटक सन् १९५७ मा एफए कपको उपाधि जितेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro