site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो हाफमा चार गोल गर्दै चेल्सी एफए कपको चौथो चरणमा

काठमाडौं । दोस्रो हाफमा चार गोल गर्दै चेल्सीले एफए कपको चौथो चरणमा स्थान निश्चित गरेको छ ।

शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा प्रेस्टोन नर्थ इन्डविरुद्ध ४–० को सहज जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।

Dabur Nepal
NIC Asia

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भए पनि चेल्सीका ब्रोजाले ५८औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा सिल्भाले चेल्सीको अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेटपछि नै स्टर्लिङको गोलमा चेल्सीले अग्रतालाई ३–० मा पुर्‍यायो । यस्तै, खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फर्नान्डेजले गोल गरेपछि चेल्सीले ३९ हजार ७०५ दर्शकमाझ ४–० को सहज जित सुनिश्चित गरेको हो ।

चेल्सीले अब आगामी बुधबार लिग कप सेमिफाइनलको पहिलो लेगमा मिडलस्बर्गविरुद्ध खेल्नेछ । यता, प्रिस्टोनले भने च्याम्पियनसिपको खेलमा शनिबार ब्रिस्टोल सिटीविरुद्ध खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro