site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कंगोमा भारी वर्षाका कारण ३०० जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ३०० जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन् ।

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धतामन्त्री मुटिंगा मुतुइशायीले यो विपद्मा कम्तीमा ४३ हजार ७५० घर भत्किएको बताए । उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए ।

मन्त्रीले कंगोली अधिकारीलाई मानवीय टोलीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय एकताका निम्ति आह्वान गर्दै पीडितलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २१:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro