site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतबाट हतकडीसहित भागेका थुनुवा गेस्टहाउसबाट पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

महाराजगन्ज प्रहरी वृत्तले पक्राउ गरेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३२ वर्षीय कमल खड्कालाई म्याद थपका निम्ति बुधबार अदालतमा ल्याइएका बेला हतकडीसहित भागेका थिए । उनलाई बिहीबार बिहान काठमाडौंकै जडीबुटीस्थित न्यु दोलखाली गेस्टहाउसबाट पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी विभिन्न ठाउँमा डलर देखाएर लुटपाट गर्ने गिरोहका आरोपित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro