देश

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् । महाराजगञ्ज प्रहरीले पक्राउ गरेका विमल खड्का अदालतबाट फरार भएका हुन् ।
उनलाई म्याद थपका लागि बुधबार अदालत पुर्याइएको थियो । सोही क्रममा उनी भागेको खुलेको हो ।
फरार खड्काको खोजीको लागि प्रहरी सादा पोसाकको प्रहरी टोली खटिएको छ । उनी विभिन्न ठाउँमा डलर देखाएर लुटपाट गर्ने गिरोहका आरोपित भएको प्रहरी स्रोतले बतायो ।
खड्का हतकडीसहित भागेका हुन् ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्