site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
घाइते खेलाडीलाई राष्ट्रिय टिममा बोलाउनु अचम्मित : मुख्य प्रशिक्षक डे जेब्री

काठमाडौं । ब्राइटनका मुख्य प्रशिक्षक रोबर्टो डे जेब्रीले घाइते रहेका विंगर काओरु मितोमालाई एसियन कपका लागि जापानले टिममा बोलाउनु अचम्मित निर्णय भएको बताएका छन् । 

ब्राइटनले क्रिस्टल प्यालेसविरुद्ध १–१ को बराबरी खेल्दा मितोमाको खुट्टाको जोर्नीमा चोट लागेको थियो । जसका कारण मितोमा कम्तीमा ६ हप्ता मैदानबाट बाहिर रहने जनाएका थिए । तर, २६ वर्षीय मितोमालाई सोमबार जापानले राष्ट्रिय टिममा बोलाएपछि ब्राइटनका प्रशिक्षक डे जेब्री अचम्मित बनेका हुन् ।

Dabur Nepal
NIC Asia

“म यो कुराबाट निक्कै अचम्मित छु किनकी मलाई मेडिकल टिमले मितोमाको चोट ठिक हुन चारदेखि ६ हप्ता लाग्ने बताएका थिए,” मंगलबार वेस्ट हमसँग खेल्नुअघि डे जेब्रीले भने, “मेरा लागि उनले एसिया कप खेल्न सक्छन् भन्नेबारे सोच्नु नै निकै कठिन कुरा हो । तर, म मितोमा र टिमका सबै खेलाडीको समर्थक हुँ । यदि उनीहरूले राष्ट्रिय टिमबाट खेल्न सक्छन् भने यो मेरो लागि खुसी र गर्वको कुरा हो ।”

एसिया कप कतारमा जनवरी १२ देखि फेब्रुअरी १० सम्म सञ्चालन हुने तालिका छ । जापानका प्रशिक्षक हाजिमे मोरियासुले पनि मितोमाले जनवरी १४ मा भियतनामविरुद्ध खेल्नेबारे निश्चित नभएको बताएका छन् ।

“मितोमा पहिलो खेलका लागि तयार हुनेछन् वा छैनन् भन्नेबारे मलाई थाहा छैन । तर, उनी ठिक हुँदैछन् र चाँडै नै मैदान फर्किनेछन् भन्ने आस लिएको छु,” प्रशिक्षक मोरियासुले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro