site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासमिति बैठकबाटै १५औँ महाधिवेशनको मिति घोषणा हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आसन्न महासमितिको बैठकबाट १५औँ महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा प्रजातन्त्र सेनानी संघले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय भेलामा उनले पार्टीलाई सवल र सक्षम बनाउन समयमै १५औँ महाधिवेशन हुनुपर्ने धारणा राखे । 

कांग्रेस अहिलेको अवस्थामा अगाडि बढ्न नसक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन पार्टी महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताए । 

फरक प्रसंगमा उनले जनताले मन्त्रीहरूको एक वर्षको रिपोर्ट कार्ड मागे पनि आफू भने प्रधानमन्त्री पुष्कमल दाहाल 'प्रचण्ड'कै रिपोर्टकार्ड मागेर बसेको बताए ।

“अहिले प्रधानमन्त्रीले मन्त्रीहरूको रिपोर्ट कार्ड मागिरहनु भएको छ । तर, म प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागिरहेको छु,” उनले भने, “प्रधानमन्त्रीले यो कार्यकालमा के के गर्नुभयो ? भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? ललिता निवासको मुद्दा कहाँ पुग्यो ? सुनकाण्ड कहाँ पुग्यो ?”

नेता कोइरालाले सरकारले जनभावना अनुरूप काम गर्न नसकेको भन्दै सुशासन कायम गरेर समृद्धिको बाटोमा लैजान, भ्रष्टाचार निर्मूल गर्न, रोजगारीको अवसर सिर्जना गर्न र जनतामा आशा जगाउँन कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro