site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी नाम नफेरिए थप सशक्त संघर्ष गर्ने पहिचानवादीको चेतावनी

विराटनगर । पहिचानवादीले कोसी प्रदेशको पुनः नामाकरणको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । कोसीका मुख्यमन्त्री केदार कार्कीसमक्ष आज ध्यानकर्षण पत्र बुझाउँदै पुनः नामकरणको माग गरेका हुन् । 

“निषेधित क्षेत्र निर्धारण गरेर बन्दुकको घेराबन्दी भित्रबाट अलोकतान्त्रिक र तानाशाही शैलीमा जबरजस्ती कोसी नाम घोषणा भएको स्मरण गराउँदछौँ । जबरजस्ती घोषित कोसी नामविरूद्धको आन्दोलन कुनै पार्टी, जातिको विरोध होइन” पत्रमा भनिएको छ । 

शान्ति, समृद्धि, समाजवाद र नेपाली राष्ट्रितालाई थप मजबुत बनाउन कोसी नाम खारेजीको आन्दोलन  गरिएको प्रदेश नं १ पुनः नामकरण समितिले जनाएको छ । 

Dabur Nepal
NIC Asia

“कोसी नाम खारेजी आन्दोलन भएको १० महिना बितिसकेको छ । जिम्मेवार राजनीतिक दलहरू, मुख्यमन्त्री, सभामुख, प्रदेशसभा सदस्यहरू जनधनको क्षति नहोस् भनेर सचेत हुनुपर्ने हो,” ध्यानकर्षण पत्रमा लेखिएको छ । 

संघर्ष समितिका संयोजक डगेन्द्र सिंह थेगिमले केही दलका नेताहरू उल्टो जनतालाई चिढ्याउन लागि परेको देखिएको र यो संकेत प्रदेशको लागि राम्रो नभएको बताए । 

उनले भने, “प्रदेशको नाम खारेजी गरेर नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । “थेगिमले समस्या समाधान नहुँदासम्म मन्त्री तथा सांसदहरूले कार्यक्रममा सहभागी नगराइ दिन आग्रह गरे । 

प्रदेशसभा नियमावली संशोधनमार्फत हटाइएको नामसम्बन्धी प्रावधान थप गरी समन्वयात्मक भूमिका खेल्दै इतिहास, भूगोल, सभ्यताको सम्मानका लागि पहिचानको आधारमा पुनः नामांकन गर्न मुख्यमन्त्री कार्कीसमक्ष आग्रह गरेका छन् ।

मुख्यमन्त्री कार्कीले पहिचानको मागको सवालमा आफू जानकार भएको बताउँदै भने, “पहिचानसँग सम्बन्धी मागको विषयमा  सरकार जानकार छ, पहिचान संस्कार र सम्पत्ति पनि हो । यसलाई थप प्रचार गर्न सकिन्छ ।” 

पहिचानलाई इन्कार गर्ने वा नकार्ने भन्ने कुरा नहुने बताउँदै कार्कीले प्रदेशले सम्मान गर्ने बताए ।

“प्रदेशको नामकरण भएको छ,” कार्कीले भने, “शान्तिपूर्ण आन्दोलन हुनुपर्छ, सबैको प्रदेश हो, झगडालाई देखाएर गणतन्त्र नै खारेज गराउने भनेर लागेकाबाट सतर्क हुनुपर्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro