site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
श्रम र यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकबाट श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन दिइएको हो ।

समितिका सभापति रामहरि खतिवडाले सो घटनामा मृत्यु भएकाका परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए । समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिएको छ ।

Dabur Nepal
NIC Asia

रामहरि खतिवडाले सुनाएको समिति बैठकका निर्णय पढ्नोस्–
– पुस १३ गते शुक्रबार भएको ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुईजना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएकाका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

– दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।

– घटना सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बन पर्ने र अरू उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको समाधान गर्न, न्यायोचित समाधान गर्न प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई र गृह मन्त्रालयलाई निर्देशन दिने ।

– उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालयमन्त्रीको भूमिकाको बारेमा शुद्ध छानबिन गर्न निर्देशन दिने । यसप्रकारका घटना अब आइन्दा नहोस् भनी सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने  ।

– सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन, यथेष्ट र पर्याप्त उपलब्ध गराउन निर्देशन दिने । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu