site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन्दरहरैंचाको वनमा जंगली हात्ती मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । 

सुन्दरहरैंचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा १० देखि १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको हो । सामुदायिक वनमा गोली लागेर मृत्यु भएको अवस्थामा भाले हात्ती फेला परेको स्थानीयको दाबी छ । तर, यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले आफूहरू घटनास्थलमा रहेको र यसबारे अनुसन्धान थालिएको बताएका छन् । 

उनले भने, “घटनास्थलमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सक आइसक्नु भएको छ । पोस्टमार्टम गरेपछि मात्र गोली लागे नलागेको थाहा हुनेछ ।” घटनाबारे थप विवरण आउन बाँकी छ ।

केही दिनदेखि करिब ४० को संख्यामा बेलबारी र सुन्दरहरैंचा क्षेत्रमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट आउजाउ गरिरहेको स्थानीयहरूले बताएका थिए । बस्तीतर्फ हात्ती आउन थालेपछि स्थानीय त्रसित हुने गरेका छन् ।  

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro