site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम : मन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकासमा आफू लागिपरे पनि सोचेअनुसार अघि बढ्न नसकेको सुनाए ।

नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा आफूले जोड दिएको उनले दोहोर्‍याए । पर्यटन क्षेत्रमा नेपालीपन झल्काउन आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेको उनले उल्लेख गरे । तर, त्यसलाई मातहतका निकायले बुझ्न नसकेको उनको भनाइ छ ।

“संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ । र, त्यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनेछ,” उनले भने, “अब हामीले काठमाडौंमा मात्र विकास गरेर मान्छे नबस्ने भयो । अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरू हामीले विकास गर्नुपर्नेछ ।”

नेपालको स्थानीय पर्व र स्वादलाई ‘ब्रान्डिङ’ गरेर पनि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सकिने उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro