site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी आक्रमणबाट एकैदिन कम्तीमा ३० युक्रेनीको मृत्यु

किएभ (युक्रेन) । रुसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूतिगृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आज रुसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।”

रुसले युक्रेनमा १५८ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।

वायुसेनाका प्रवक्ता युरी इग्नाटले एएफपीसँग भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्मकै उच्च संख्या’ र एकैपटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।”

रुसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख सहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ । पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई शृंखलाबद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रुस नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।

गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममार्फत जारी सन्देशमा भने, “युक्रेनी भूमिमा रुसले बिहान गरेको भीषण आक्रमणमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।”

रुसको रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड क्षेत्रमा १३ क्षेप्यास्त्र प्रहार गरिएको छ । सीमाको उत्तरमा रहेको ब्रायन्स्क, कुस्र्क र ओरिओल र मस्को क्षेत्रमा ३२ ड्रोन खसालिएको छ ।

रुसी सेनाले गएको साता युक्रेनको सैन्य शिविरमा ५० सामूहिक र एउटा ठूलो आक्रमण गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गर्दै तत्काल बन्द गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रसंघका सहायक महासचिव मोहम्मद खियारीले भने, “दुःखको कुरा, आजको डरलाग्दो आक्रमण रुसी महासंघको बढ्दो आक्रमणको शृंखलाको पछिल्लो घटना मात्र हो ।”

रुसी क्षेप्यास्त्र आफ्नो हवाई क्षेत्र भएर गएको पोल्यान्डले जनाएको छ । “सबै कुराले रुसी क्षेप्यास्त्र पोल्यान्डको आकाशमा प्रवेश गरेको संकेत गर्छ, यो पनि छोडियो,” पोल्यान्डको सशस्त्र बलका जनरल स्टाफ प्रमुख जनरल विस्लाव कुकुलाले भने ।

निरन्तर रुसी आक्रमणको सामना गर्दै युक्रेनले पश्चिमी मित्रराष्ट्रहरूलाई सैन्य समर्थन कायम राख्न आग्रह गरिरहेको छ । युक्रेनका राष्ट्रपतिका सहयोगी एन्ड्री येर्माकले किभलाई ‘यो आतंक रोक्न थप सहयोग र शक्तिको खाँचो रहेको’ बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro