site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीको गोलीबाट मारिएका शाहका बुवासहित आफन्त लागे बालुवाटार

काठमाडौं । प्रहरीको गोली लागेर मारिएका अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहका बुवासहित केही पीडित आफन्त बालुवाटारतर्फ प्रस्थान गरेका छन् । शनिबार दिउँसो उनीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न त्यसतर्फ गएका हुन् ।

वीरेन्द्रका बुवा टेकबहादुर शाहसहितका आफन्त यसअघि पाटन अस्पतालमा पुगेका थिए । त्यहाँ वीरेन्द्र र अर्का मृतक दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको शव राखिएको छ ।

Dabur Nepal
NIC Asia

दुवै शव आफन्तले बुझ्न बाँकी छ । करिब २०–२५ जनाको समूहमा रहेका आफन्त शव नबुझी बालुवाटारतर्फ अघि बढेका हुन् । शव बुझ्न कुनै माग भने नगरिएको प्रहरीले जनाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो । मन्त्रीको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा शाह र राउतको मृत्यु भएको थियो ।

सो प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ ।

उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाउने निर्णय गरिएको प्रहरी स्रोतले जानकारी गरायो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro