राजनीति

काठमाडौं । सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् ।
“साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ,” उनले भनिन् ।
यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्