site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकुमारीमा तनाव : प्रहरीको गोली लागेर एकजनाकोे मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घटनामा एकजना घाइते भएका छन् । 

विभिन्न माग राख्दै केहीदिनयता रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयमा युवाहरूले निरन्तर प्रदर्शन गर्दै आएका थिए । शुक्रबारको प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो ।

युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् । गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro