site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
५० खर्ब लगानीले उत्पादन र रोजगारीमा वृद्धि गरेन : उपाध्यक्ष श्रेष्ठ 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् ।

शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण अरू क्षेत्र मैलाएको भए पनि अपेक्षाअनुसारको रोजगारी र उत्पादन वृद्धि नभएको उल्लेख गरे ।

Argakhachi Cement Island Ad

“बैंक तथा वित्तीय संस्थामा अहिले ६० खर्ब डिपोजिट छ । ५० खर्ब लगानी छ । बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको हैन, तर अपेक्षाअनुसार भएन,” उनले भने, “उत्पादन र रोजगारीमा वृद्धि भए बैंकहरूलाई नै फाइदा हुन्छ । बैंकहरूले घरजग्गामा बढी लगानी गर्दा धनी झन् धनी बन्दै गए । व्यवसाय गर्न चाहनेहरूले घरजग्गा नहुँदा लोन नपाउने अवस्था आयो ।”

मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने अवस्था रहेको उनले बताए ।

देशको मुद्रास्फीस्तिभन्दा कम ब्याजदर भए समस्या हुने उनको भनाइ छ । ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाल सचेत हुनुपर्ने उनले औँल्याए ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्