site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकाले देशलाई बर्बाद गरिसक्यो, प्रधानमन्त्री फेर्नैपर्छ : शेखर कोइराला

 

फिदिम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरूकै हात रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।

"सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो, एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ," उनले भने ।

देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूल्ठूला भ्रष्टाचार गरेको कोइरालाको दाबी छ ।

उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने पनि बताए । देशलाई निकास दिन प्रधानमन्त्री फेर्ने प्रयास भइरहेको कोइरालाको भनाइ छ ।

अहिलेको सरकाले देशलाई बर्बाद गरेको उनले जिकिर गरे । "देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो," उनले भने, "संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।"

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro