site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काभ्रे र काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५, डल्लुस्थित रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत सातजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख १५ हजार रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, काभ्रेको पनौती नगरपालिका–४, ठाडोबाटोस्थित लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय शान्तप्रसाद तिमिल्सिना समेत आठजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख १६ हजार ७०५ रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro