देश

खलंगा (दार्चुला) । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३, होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।
विद्युत् चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए । रासस
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० १८:२६
प्रतिक्रिया दिनुहोस्