site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाह र लेखापालका रूपमा कार्यारत असई दीपेन्द्रबहादुर पनेरुलाई दोषी ठहर गरेको हो । उनीहरूलाई हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचारमा दोषी ठहर गरिएको छ । अदालतबाट उनीहरूको कसुर निर्धारण हुन बाँकी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूले ३३ लाख ३८ हजार रुपैयाँभन्दा बढी हानि–नोक्सानी पुर्‍याएको भन्दै सोहीबमोजिम कैद सजाय दाबी गरेको छ । दाबीअनुसार नै कसुर निर्धारण भएमा उनीहरूलाई ३३ लाख ३८ हजार ८४ रुपैयाँबराबर जरिवाना र ४ देखि ६ वर्ष कैद सजाय हुनेछ ।

मुद्दामा विपक्षी बनाइएका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ०७२ सालमा शाहले नक्कली नाम बनाएर कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट ३३ लाख ३८ हजार चार रुपैयाँ आठ पैसा हिनामिना गरेको भन्दै बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । ०७६ फागुन २० गते दायर भ्रष्टाचारको मुद्दामा बुधबार आदेश भएको हो । उनीहरूविरुद्धको सजाय निर्धारणका निम्ति पेस गर्न पनि आदेश भएको छ ।

०७२ असोज २२ देखि ०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक रहेका शाहले तालिमे जवानको तलब र रासन हिनामिना गरेको आरोपपछि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । छानबिनमा दोषी देखिएपछि अख्तियारले मुद्दा चलाएको हो ।

पूर्वडीआईजी शाह मदन पुरस्कार जितेका चर्चित साहित्यकार समेत हुन् । उनले ‘छापामारको छोरो’ कथासंग्रहका निम्ति ०६३ सालको मदन पुरस्कार पाएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro