site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित एकजना पक्राउ

विराटनगर । विराटनगरमा स्रोत नखुलेको १९ लाख ९० हजार नगदसहित एकजना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–६, केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिबाट श्रोत नखुलेको नेपाली नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका–५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अपरेसन गर्ने क्रममा साहलाई विराटनगरको केशलिया मार्गबाट पक्राउ गरिएको डीएसपी रञ्जनकुमार दाहालले बताए ।

पक्राउ परेका साहलाई बरामद गरिएको नगद र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाएको दाहालले बताए । 

यसअघि हुन्डीसम्बन्धी कारोबार गर्ने एक १६ वर्षीय बालक, विराटनगर–१५, सुडी बस्ती बस्ने धर्मानन्द साह र  विराटनगर–१५ बस्ने रंजितकुमार साहलाई पक्राउ गरी राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको डीएसपी दाहालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro