site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा जाने 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघको पहिलो साता अफ्रिकी राष्ट्र युगाण्डाको भ्रमणमा जाने भएका छन् । 

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डको नेतृत्व गर्दै उनी युगाण्डा जान लागेका हुन् । 

“असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीज्यू युगाण्डा जाँदै हुनुहुन्छ । त्यहाँ उहाँले सम्मेलनलाई सम्बोधन पनि गर्नुहुन्छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बाह्रखरीसँग भन्यो । 

प्रधानमन्त्रीको युगाण्डा भ्रमणको आवश्यक तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परराष्ट्र मन्त्रालयलाई भनिसकेको छ । यसैअनुसार परराष्ट्रले पनि भ्रमणको तयारी सुरु गरेको छ । 

युगाण्डाले असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आगामी माघ १ देखि ६ गतेसम्म मुन्योनियोस्थित स्पेक रिसोर्ट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना गर्दै छ  । सम्मेलनस्थल लेक भिक्टोरियाको किनारमा राजधानी कम्पलाबाट १० किलोमिटर तथा एन्टेवे अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा रहेको छ । 

असंलग्न आन्दोलनका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको बैठक भने माघ ५ र ६ गते हुनेछ । यसपटकको शिखर सम्मेलनको थिम ‘साझा विश्वव्यापी समृद्धिको लागि व्यापक सहयोग’ रहेको छ । 

शित युद्धका बेला अमेरिका र तत्कालीन सोभियत संघ कसैको पनि पक्षधर नबन्ने भन्दै केही राष्ट्रले असंलग्न आन्दोलन स्थापना गरी अघि बढाएका थिए । असंलग्न आन्दोलनमा अहिले १२० राष्ट्र सदस्य, १८ राष्ट्र पर्यवेक्षक र १० संगठन पर्यवेक्षक रहेका छन् ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो । नेपाल सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्रमध्ये एक हो । स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गर्दै आएको छ ।

असंलग्न अन्दोलनको १८औँ शिखर सम्मेलन २०७६ कात्तिक महिनामा अजरबैजानको बाकुमा भएको थियो । उक्त शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro