site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभामा पूर्व मुख्य मन्त्रीदेखि प्रदेश सभापतिसम्म आकांक्षी (सूचीसहित)
Sarbottam CementSarbottam Cement

पोखरा । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

गण्डकीमा तीन क्लस्टरमा निर्वाचन हुने छ । अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन पद रिक्त हुँदै छ । त्यसकै लागि बुधबार कांग्रेस प्रदेश कार्यसमितिले १७२ जनाको नामावली सिफारिस गरेको हो ।

गण्डकीबाट निर्वाचित भई राष्ट्रिसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्यहरू दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदै छ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको पदावधि फागुन २० गते सकिँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आकांक्षीको सूचीमा प्रदेश सभापति शुक्रराज शर्मा पनि छन् । उनको नाम प्रदेशसभा निर्वाचन २०७८ को समानुपातिकतर्फको अन्तिम बन्दसूचीमा खस/आर्य क्लस्टरमा एक नम्बरमै थियो ।

एक नम्बरमा नाम भए पनि ३३ प्रतिशत महिला ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण उनी प्रदेशसभा सदस्य बन्न पाएनन् । अहिले बन्दसूचीबाट नाम हटाएर राष्ट्रियसभा सदस्य बन्ने उनको आकांक्षा छ ।

Global Ime bank

आकांक्षीको सूचीमा गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि छन् । उनले अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा चुनाव लड्ने चाहना राखेका छन् । उनी केन्द्रीय सदस्य पनि हुन ।

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठसहित पूर्वमन्त्री रोमी गौचनको नाम पनि सिफारिस भएको छ । गत हप्तामात्रै कांग्रेसको गण्डकी सम्मेलनमा गौचनले राजनीतिबाट विश्राम नलिएको भनेर राष्ट्रियसभा निर्वाचन लड्ने संकेत पार्टीका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई दिएका थिए ।

पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापासहित पूर्वसांसद ओमकला गौतम चालिसेले पनि आकांक्षी छन् ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) का अनुसार अन्य पदमा १०७, महिला पदमा ४३ र अपाङ्गता/अल्पसंख्यक २८ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।

कास्कीबाट तीन क्लस्टरमा ४३ जना, गोरखाबाट १६, तनहुँबाट १७, नवलपुरबाट २२, पर्वतबाट १४ जना आकांक्षीको नाम सिफारिस भएको छ ।

बागलुङबाट २४, मनाङबाट २, मुस्ताङबाट ६, म्याग्दीबाट ५, लमजुङबाट १० र स्याङजाबाट १९ जना आकांक्षीको नाम सिफारिस भएको हो ।

हेर्नुहोस् सूची

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  २०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC