site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एपीएफको अपराजित यात्रा कायमै, कर्णाली अझै जितविहीन

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायम राखेको छ । 

बुधबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध ९२ रनको सहज जित निकालेको हो । 

एपीएफले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

कर्णालीकी त्रिशणा विश्वकर्माले १९ रन बनाइन् । गौरी बोहराले १२ र रश्मी खड्काले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी करुणाले एक मेडन राख्दै १३ रन खर्चिइन् । सुमन बिष्टले दुई विकेट लिँदा विनु बुढा र सीता रानामगरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १६० रनको योगफल खडा गरेको थियो । 

एपीएफकी दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । राजमती ऐरीले ६७ रन बनाइन् । उनले ५५ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन् । मम्ता चौधरीले ५५ बलमा आठ चौकासहित ६२ रन थपिन् । रोमा थापा १४ रनमा अविजित रहिन् ।

कर्णालीकी त्रिसणा विश्वकर्माले एक विकेट लिइन् । 

जितसँगै पाँच खेलबाट १० अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन कर्णाली तालिकाको पुछारमा छ । प्रतियोगितामा कर्णाली हालसम्म जितविहीन छ । 

प्रतियोगिताअन्तर्गत आजै भएका अन्य खेलमा वाग्मतीले लुम्बिनी प्रदेशविरुद्ध नौ रनको, सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशविरुद्ध पाँच विकेटको र कोसी प्रदेशले गण्डकी प्रदेशविरुद्ध ५५ रनको जित दर्ता गराएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro