site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
रोयल इन्फिल्डका तीन नयाँ 'मिटीओर' मोटरसाइकल बजारमा, मूल्य पाँच लाख ५० हजार

काठमाडौं । रोयल इन्फिल्डले रोयल मिटीओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले बुधबार नक्सालस्थित सोरुममा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

त्रिवेणी ग्रुपका निर्देशक सुवासचन्द्र संघाइ र रोयल इन्फिल्डका नेपाल बजार प्रमुख अभिषेक सुक्लाले मिटीओर फायरबल, मिटीओर स्टेलर, र मिटीओर सुपरनोभा सार्वजनिक गरेका हुन् ।

यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन रहेको छ ।

इन्जिनले अधिकतम ६ हजार १०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र चार हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

डुअल डिस्कब्रेक रहेका यी सबै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक रहेको छ । बाइकले प्रतिलिटर औसत ४० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

Bike1-1703670906.jpg
 

मोटरसाइकलमा एक हजार ४०० एमएमको व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम रहेको छ ।

तीन लाख ५० हजार मूल्य पर्ने मिटीओर फायरबल ३५० सीसी पहेलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कालो, निलो र रातो रंगमा उपलब्ध मिटीओर स्टेलर ३५० सीसीको मूल्य पाँच लाख ५५ हजार रहेको छ । यस्तै खैरो, निलो र रातो रंगमा उपलब्ध रोयल इन्फिल्ड मिटीओर सुपरनोभाको मूल्य पाँच लाख ६५ हजार रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro