काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा विधान संशोधनबारे बहस सुरु भएको छ । ललितपुरस्थित कीर्तिपुर गार्डेनमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनबारे यसअघि सचिवालय बैठकमा उठेका विकल्पमाथि छलफल हुँदैछ ।
विधान संशोधनबारे केन्द्रीय कमिटी बैठकमा ११ वटा विषयमाथि सुझाव माग्ने तयारी भएको नेताहरूले जनाएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूसँग सुझाव माग्नका लागि तयार गरेको प्रश्नावलीमा केन्द्रीय कमिटी/केन्द्रीय निकाय र मातहत कमिटीका सदस्यहरू महाधिवेशनमा स्वतः प्रतिनिधि हुने र बाँकी चुनिने वा सबै क्षेत्रबाट चुनाव भएर प्रतिनिधि छानिने भन्ने विषय उल्लेख छ । यो प्रश्नावली केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको छ ।
त्यस्तै, कमिटीहरूका संख्या कति बनाउने ?, कमिटीमा कति तहको संरचना राख्ने, पदाधिकारी कति सदस्य हुने लगायतका प्रश्नहरूमाथि निर्णय लिने तयारी एकीकृत समाजवादीको छ ।
यस्तो छ पूर्णपाठ