site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेताको चुनौती इलिमिनेटरमा समाप्त, ललितपुरले पोखरासँग खेल्ने

काठमाडौं । ‘भ्याली डर्बी’ मा ललितपुर सिटी एफसीसँग ३–० ले पराजित भएपछि साविक विजेता काठमाडौं रेजर्सको चुनौती इलिमिनेटबाटै समाप्त भएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरलाई जित दिलाउन इमोह एजिकीलले दुई र पापा इबोउ केबेले एक गोल गरे ।

३६औँ मिनेटमा एजिकीलले गोल गर्दै ललितपुरलाई अग्रतामा राखेका थिए । पापा इबो केबेको प्रहार काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाए पनि नियन्त्रण गर्न नसक्दा एजिकीलले ट्याप इन गोल गरे ।

Dabur Nepal
NIC Asia

पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा ललितपुरका केबेले अग्रता दोब्बर पारे । निखिल सुरेशरावो कदमले गरेको कर्नर प्रहारमा अनन्त तामाङको हेडरलाई गोल लाइनबाट कुलदीप कार्कीले रोके पनि सोही रिबाउन्डमा केबेले गोल गर्दै ललितपुरको अग्रतालाई २–० मा पुर्‍याएका हुन् ।

५२औँ मिनेटमा इमोन एजिकीलले दोस्रो गोल गर्दै ललितपुरको अग्रतालाई ३–० मा पुर्‍याए । निखिल सुरेशरावो कदमले राइट साइडबाट गरेको फ्रिकिकमा बक्सभित्र अनमार्क रहेका एजिकीलले सहजै हेडर गोल गरे ।

७४औँ मिनेटमा काठमाडौंका कप्तान अञ्जन राईले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा काठमाडौं १० खेलाडीमा समेटियो । ललितपुरका पापा केबेमाथि फाउल गरेपछि अञ्जनले दोस्रो पहेलो कार्डपछि रातो कार्ड पाएका हुन् ।

एनएसएलकै इतिहासमा ललितपुरविरुद्ध काठमाडौंको यो पहिलो हार हो । अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्नेछ । यसअघि पहिलो क्वालिफायरमा पोखराले धनगढी एफसीसँग पेनाल्टी सुटआउट ४–३ को हार बेहोरेको थियो । दोस्रो प्लेअफ बिहीबार दशरथ रंगशालामा नै हुनेछ ।

खेलमा दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पाँचौं मिनेटमा काठमाडौंका सुशील कुमार यादवको क्रस मार्की खेलाडी हिसुब थपलियासम्म पुग्न नपाउँदै ललितपुरका अश्विन घोरासैनीले क्लियर गरिदिए ।

खेलको ११औँ मिनेटमा ललितपुरले गोलको पहिलो अवसर सृजना गरेको थियो । तर, दीनेश हेन्जनको प्रहारले पोस्टको दिशा लिन नसक्दा ललितपुरले अग्रता लिन सकेन । काठमाडौंका किङ्गे जुनियरको अनियन्त्रित बल खोस्दै इमोन एजिकीलले दिएको कट्ब्याक कुनै पनि निगरानीमा नरहेका दीनेशले सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा काठमाडौंले सेटपीस अवसरमा गोल गर्न सकेन । शोखरुख एमको फितलो फ्रिकिक प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले सहजै बचाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro