site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महान्यायाधिवक्ता पोखरेलले सार्वजनिक गरे एक वर्षका उपलब्धि

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले आफ्नो नेतृत्वमा भएका 'मुख्य उपलब्धि'हरू सार्वजनिक गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयको ७३औँ स्थापना दिवसका अवसरमा पोखरेलले एक वर्षका उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

पाँच दिनपछि आफू नियुक्त भएको एक वर्ष पूरा हुने बताउँदै उनले अहिलेका उपलब्धि आफ्नै नेतृत्वमा हासिल भएको बताए ।

Dabur Nepal
NIC Asia

महान्यायाधिवक्ता पोखरेलले साइबरसम्बन्धी मुद्दाहरू काठमाडौं जिल्ला अदालतमा मात्र हेर्ने गरिएकोमा अहिले देशैभरका जिल्ला अदालतमा हेर्ने व्यवस्था गरिएको बताए । उनले आफ्नो प्रयासलाई सरकारले पनि साथ दिएका कारण सम्भव भएको बताए । 

पोखरेलले चेक अनादरका कसुर पनि उच्च अदालतमा मात्र हेर्ने व्यवस्था रहेकोमा सबै जिल्ला अदालतमा पठाउने काम यस अवधिमा भएको बताए ।  

उनले महान्यायाधिवक्ता कार्यालयको चासो अभियोजन र अनुसन्धानमा मात्र नभएर जेलभित्रका कैदीहरूको मानव अधिकारमा पनि भएको भन्दै प्यारोलसम्बन्धी व्यवस्था लागु गर्ने वातावरण निर्माण गरेको बताए ।

उनले भारतका महान्याधिवक्ताको नेपाल भ्रमणलाई पनि उपलब्धिकै रूपमा प्रस्तुत गरे ।

कसुरसँग सम्बन्धित सम्पत्ति जफथको विषयमा सम्भव भएसम्म अनुसन्धानकै क्रममा र सम्भव नभए अभियोजनपछि फिर्ता गर्नू भन्ने निर्देशन गरेको भन्दै सम्पत्ति नष्ट हुन नदिनेतर्फ सचेत रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro