site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायाधीश नियुक्तिमा नेपाल बार र महान्यायाधिवक्ताको असन्तुष्टि 

काठमाडौं । महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जाहेर गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७३औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल र नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै अगाडि न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले भने आफू सबैलाई न्याय दिने जिम्मेवारीमा रहेको बताए । आफ्नो जिम्मेवारी राम्रोसँग थाहा भएको उनले जवाफ दिए ।

महान्यायाधिवक्ता पोखरेलले न्यायाधीश नियुक्तिमा महान्यायाधिवक्ता कार्यालयमाथि अन्याय भइरहेको गुनासो गरे । उनले सबैभन्दा धेरै संख्यामा र बढी अनुभवी भएको समूहबाट न्यायाधीश नियुक्तिमा कम मात्र पर्नु न्यायसंगत नभएको बताए ।

Dabur Nepal
NIC Asia

“न्यायाधीश नियुक्तिमा महान्यायाधिवक्ता कार्यालयको भावनात्मक होइन, तथ्यगत विमति र चित्त दुखाइ छ,” प्रधानन्यायाधीश श्रेष्ठतर्फ हेर्दै पोखरेलले भने, “सबैभन्दा धेरै र सबैभन्दा अनुभवीहरू हामीसँगै छन् । कुन तहको अनुभव भएका व्यक्तिहरू चाहियो हामी दिन सक्ने अवस्थामा छौँ ।” उनले आइतबारकै नियुक्तिमा पनि नपरेको भन्दै असन्तेष प्रकट गरेका थिए ।

नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिलाई सबै पक्षीय बनाउन उच्च न्याय सेवा, कानुन सेवा र बारबाट समन्यायिक नियुक्ति हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाए । उनले बारले आन्दोलनबाट स्थापित गरेको न्यायिक वातावरणको उपयोग हुँदा समेत आफूहरूमाथि ‘न्याय’ हुन नसकेको बताए ।

बारको आन्दोलनले ‘बानेश्वरमा न्याय खरिद–बिक्री हुँदै छ’ भन्ने सुन्नु नपर्ने अवस्था बनेको उनले उल्लेख गरे । न्यायालयले सक्षम नेतृत्व पाएका बेला नियुक्तिमा पनि सबैको साझा चौतारी बनाउन आवश्यक रहेको उनले बताए ।

“न्यायाधीश नियुक्ति गर्दा सबै पक्षलाई समेट्न सकेको देखिएन । न्यायालय साझा चौतारी हो, यसमा सबैको प्रतिनिधित्व होस्,” घिमिरेले भने, “लयरहरूबाट न्यायाधीश लाने कुरा ‘गिफ्ट’ हैन, यो हक हो । न्यायालयको सम्पन्नताको कुरा पनि हो ।”

उनले जिल्ला र उच्च अदालतमा न्यायाधीश हुन ‘कोर्ष’ लिनुपर्ने अनिवार्य व्यवस्था गर्न प्रस्ताव गरे । “सर्वोच्चमा सम्भव नहोला, तर उच्च र जिल्ला अदालतमा न्यायाधीश बन्न ‘जजेज कोर्ष’ अनिवार्य गर्ने व्यवस्था मिलाइयोस्,” अध्यक्ष घिमिरेले भने, “त्यसो भयो भने न्यायसम्पादनमा एकरूपता पनि हुन्छ । न्यायालयमा जाने व्यक्ति सक्षम भएर पनि जान्छ ।”

प्रधानन्यायाधीश श्रेष्ठले भने आफूले सबैलाई न्याय गर्ने बताए । तर, न्यायाधीशमा नियुक्तिका निम्ति न्यायसम्पादनमा सक्षम हुनु पूर्वसर्त हुने उनले उल्लेख गरे ।

“न्यायाधीश नियुक्तिमा केही विषयहरू आए । सबैका लागि न्याय गर्ने स्थानमा भएका हिसाबले म सबैलाई न्याय गर्छु,” उनले भने, “तर, न्यायसम्पादनका लागि सक्षम व्यक्ति चाहिन्छ ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro