site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यान्सरबाट पीडित फुटबल प्रशिक्षक अर्याललाई आर्थिक सहयोग

काठमाडौं । ब्लड क्यान्सरसँग जुधिरहेका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा आधारित सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ । 

क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । 

Dabur Nepal
NIC Asia

मधेस प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टिम समेत हेरिसकेका छन् । नेपाली फुटबलका चर्चित अनुहारहरु चेतन घिमिरे, निराजन श्रेष्ठ, दीनेश हेन्जन र बृजेश सिंह अर्यालकै उत्पादन हुन् ।

प्रशिक्षक अर्यालले सांग्रिलाले गरेको सहयोगप्रति धन्यवाद दिँदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको बताए ।

“एन्फा, प्रशिक्षक संघ, नेपाल सुपर लिगले सहयोग गर्नुभएको छ । उहाँहरूको सहयोगमा धन्यवाद दिन मसँग शब्द नै छैन । यो रोगलाई जितेर चाँडोभन्दा चाँडो मैदान फर्कन पाउँ भन्ने चाहना छ । तपाईंहरूको सहयोगप्रति सबैलाई धन्यवाद दिन चाहन्छु,” सहयोग कार्यक्रममा अर्यालले भने ।

अर्याललाई यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro