site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तरी भारतमा चिसोसँगै वायु प्रदूषण बढ्यो
तस्बिर : पीटीआई ।
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको उत्तरी भूभागमा बाक्लो कुहिरो र वायु प्रदूषणको प्रभाव बढ्न थालेपछि शनिबार राजधानी नयाँ दिल्लीको आकाश र जमिनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासि कमी देखिएको छ ।

नयाँ दिल्लीमा चिसो बढ्दा न्यानोका निम्ति आगो बाल्ने र ताप्ने गरेका दृष्य देखिएको छ । चिसोका कारण विभिन्न ठाउँमा स्थानीय कम्बललगायत लुगा ओढेर हिँडिरहेको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साइकल चालक तथा पैदलयात्रामा निस्किएका स्थानीयले शनिबार तापक्रममा उल्लेख्य गिरावट आई चिसो अत्यधिक बढेको बताएका छन् ।

स्थानीयले शनिबार एएनआईसँगको प्रतिक्रियामा भनेका छन्, “चिसो अत्यधिक भएकाले पैदलयात्रा गर्न गाह्रो भइरहेको छ । कुहिरो तथा प्रदूषणले नियमित पैदलयात्रामा समस्या बढेको छ । प्रदूषणका कारण हुने स्वास्थ्य समस्याबाट बच्न मास्क लगाएर बाहिर निस्किरहेका छौँ ।”

Global Ime bank

दिल्लीमा शनिबार बिहान ८.०७ बजे वायुको गुणस्तर ‘निकै खराब’ रेकर्ड गरिएको थियो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीबार राजधानी नयाँ दिल्लीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आउँदो तीन दिनमा २–३ डिग्री सेल्सियसले बढ्न सक्ने जनाएको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !