site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीमा मेलमिलाप आवश्यक रहेको सभापति देउवाको भनाइ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपेक्षा नगरी पार्टीका लागि योगदान गर्ने नेता तथा कार्यकर्ता रहेको बताएका छन् । त्यस्ता नेता तथा कार्यकर्ताप्रति आफ्नो सम्मान रहेको उनले बताए । 

वाग्मती प्रदेश सम्मेलनलाई आज संबोधन गर्दै सभापति देउवाले देश दोधारमा उभिएको बताएका छन् । “देश अहिले संक्रमणकालमा उभिएको छ । कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो महत्वपूर्ण कुरा हो,” उनले भने, “साथीहरूको त्याग तपस्या र बलिदानले ठूलो पार्टी बन्न सकेको छ । ग्रासरुटदेखि नै बलियो बनाउन सबै साथीहरू लाग्नुहुनेछ ।”

पार्टीमा मेलमिलाप आवश्यक रहेको उनले बताए । जितहार स्वाभाविक भएको भन्दै हार्नेले जित्ने साथीलाई सहयोग गर्नुपर्छ । “जित्ने सधैँ जित्ने हार्ने सधैँ हार्ने होइन । पूर्ण रुपमा मेलमिलाप हुन सकेको छैन,” सभापति देउवाले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement