site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राप्रपाले गर्‍यो प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । धर्मबारे मन्त्री किरातीले दिएको अभिव्यक्ति 'गैरजिम्मेवार र गैरसंवैधानिक' रहेको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले 'सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर'सहितका नारा लगाएका थिए ।

Dabur Nepal
NIC Asia

प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्री किरातीको अभिव्यक्ति ८१ प्रतिशत हिन्दुको भावनाविपरीत रहेको टिप्पणी गरे । राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको मागसहित राप्रपाले आन्दोलन गर्ने उनको भनाइ छ ।

गएको बुधबार मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित बनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro