site stats
बाह्रखरी :: Baahrakhari
देश
मानव धर्म सेवा समितिले गर्‍यो भूकम्पपीडितलाई राहत वितरण

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका निम्ति राहत सामग्री वितरण गरेको छ ।

जाजरकोटको भेरी नगरपलिका–१ र ३ का झन्डै १८ सय र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१ र २ का ८०० घरधुरीलाई ६० लाख रुपैयाँबराबरको राहत सामग्री वितरण गरिएको हो ।

तिहारमा देउसीभैलो खेलेर संकलित र समितिमा आबद्ध व्यक्तिहरूबाट उठाइएको रकमबाट राहत सामग्री वितरण गरिएको मानव धर्म सेवाका उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

भूकम्पपीडितका निम्ति जाडोबाट जोगिन ब्ल्यांकेट र चामल, तेल, दाल, चिउरालगायत खाद्यसामग्री वितरण गरिएको जनाइएको छ ।

r4-1703236268.jpg

r1-1703236267.jpg

r3-1703236267.jpg

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्