site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखसँग छलफल गर्दै कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सदनको प्रभावकारिताबारे सभामुख देवराज घिमिरेसँग छलफल गर्ने भएका छन् । आज दिउँसो सभामुखसँग छलफल गर्न लागेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले सांसदहरूलाई जानकारी गराए ।

“दिउँसो ३ बजे सभामुखसँग छलफल छ । छलफलमा सदनमा विधेयकहरू कसरी अघि बढाउने, समितिको प्रभावकारिता र सदनको प्रभावकारितालगायत विषयमा छलफल हुनेछ,” उनले भने ।

उनले विधेयकका प्राथमिकताबारे छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्