site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मोरङ व्यापार संघ ट्रेड एक्स्पो भोलिदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
Sarbottam CementSarbottam Cement

विराटनगर । ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ को सबै तयारी पूरा भएको छ । मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यसहित भोलि पुस ६ गतेदेखि १६ गतेसम्म अन्तर्राष्ट्रियस्तरीय एक्सपो आयोजना गरिएको मोरङ व्यापार संघले जनाएको छ ।

प्रदेशका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य रहेको संघका अध्यक्ष नवीन रिजालले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आयोजना गर्दै आएको र आर्थिक क्षेत्रको गतिविधिहरूको सम्वर्द्धन एवं विकासका सहयोग पुगेको रिजालले बताए । संघले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेला समुद्घाटन गर्ने जनाइएको छ ।

यस पटकको मेलामा ३० हजार वर्ग फिटको नेपालकै सबैभन्दा ठूलो जर्मन प्रविधिका हेंगरमा निर्मित करिब २४० स्टलहरु रहने छन् । ती सबै बुक भइसकेको बताइएको छ  । महोत्सवलाई अकर्षक बनाउन पशुपतिनाथ र स्वयंम्भू प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आइफिल टावरको आकृति निर्माण गरिएको छ ।

Global Ime bank

एक्स्पोमा कोसी प्रदेश सरकार र विराटनगर महानगरपालिका सह–आयोजकका रूपमा रहेका छन् भने यसको डायमण्ड स्पोन्सरमा महासैन दी हट्टी, श्री कृष्ण ट्रेडर्स, विराटनगर रहेको छ । यसैगरी गोल्ड स्पोन्सरमा खुकुरी रम, नेपोभिट टायल्स्, टुपिएम स्नेक्स नुडल्स्, सेन्चुरी स्पाईसेस एण्ड स्नेक्स र डेल्डा टायर एण्ड ट्युब्स रहेको छन् भने सिल्भर स्पोन्सरमा रिजालको सीपीभीसी, पीभिसी, एचडीपीई पाईप, मेजिक फुटवेयर र राठी एफ.आर.एल.एस. केवल रहेका छन् ।

एक्स्पोमा नेपाल, भारत बंगलादेश, पाकिस्तान लगायतका देशहरूबाट प्रर्दशकहरूको उपस्थिति रहेको छ । मेलामा दर्शकहरुरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय