अर्थ व्यवसाय
काठमाडौं । अर्थ मन्त्रालयले विद्युतीय राहदानी खरिदको भुक्तानी गर्न एक अर्ब आठ करोड ५७ लाख ६४ हजार रुपैयाँ निकासा गरिदिएको छ ।
राहदानी विभागले विद्युतीय राहदानी खरिद गरेवापत भुक्तानी गर्ने प्रयोजनका लागि रकमान्तर निकासा गरिएको मन्त्रालयले जनाएको छ ।
विभागले फ्रान्सेली कम्पनी आइडिमियालाई विद्युतीय राहदानी छाप्ने जिम्मा दिएको थियो । यही कम्पनीले छपाएको मेसिन रिडेबल पासपोर्ट २०६७ पुस ११ देखि वितरण भएको थियो । त्यसअघि नेपालमा हस्तलिखित राहदानी वितरण हुँदै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्