site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमितले जुनसुकै अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था गर्न स्वास्थ्यमन्त्रीको सुझाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमामा आबद्ध नागरिकलाई बिमा कार्यक्रम लागु भएका जनसुकै अस्पतालबाट सेवा दिने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा बिहीबार स्वास्थ्यमन्त्री बस्नेतले सरोकारवालालाई यस्तो सुझाव दिएका हुन् ।

“जुन ठाउँबाट बिमा गरेपनि तोकिएका जुनसुकै अस्पतालबाट नागरिकले सेवा पाउने व्यवस्था गर्नुपर्छ । बिमा कार्यक्रम पारदर्शी तथा निष्पक्ष हुनुपर्नेमा ध्यान दिन नसकिए स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुँदैन, त्यसैले यी दुई कुरामा ध्यान दिनै पर्छ” मन्त्री बस्नेतले भने ।

स्वास्थ्य बिमा कार्यक्रममा अहिले बिमितले बिमा गर्दा उल्लेख गरेको नजिकको स्वास्थ्य संस्था प्राथमिक हुने र सो संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को स्वास्थ्य संस्थाबाट सेवा लिन पाइने व्यवस्था छ ।

अस्पतालहरूलाई बिमाको दाबी भुक्तानी गर्दा भेदभाव भएको पाइएकाले आगामी दिनमा त्यसो भएको पाइए कारबाही गर्ने पनि मन्त्री बस्नेतले चेतवानी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro