site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अमेरिका हँसाउने यात्रामा हास्य कलाकार
SkywellSkywell

काठमाडौं । नयाँ पुस्ताका हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहरमा कार्यक्रम गराउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हास्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्नेछ । 

बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम आयोजक फ्लाई नेपाका निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई दर्जनभन्दा बढी सहरमा कार्यक्रम तय भइसकेको जानकारी दिए । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । 

Dabur Nepal
NIC Asia

अधिकारीले भने, “यो कार्यक्रम परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ, त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।” 

यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन् । 

एक महिनाभन्दा बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी सहरका लागि पनि सम्झौताको क्रम जारी रहेको आयोजकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu