site stats
बाह्रखरी :: Baahrakhari
खेल
अल्मेरियाविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं । कप्तान सर्जी रोबर्टाेको दुई गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा अल्मेरियाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

बुधबार राति साविक विजेता बार्सिलोनाको जितमा राफिन्हाले थप एक गोल गरे । अल्मेरियाका निम्ति कारिल्हो बाप्टिस्टाओ र एडगार गोन्जालेजले गोल गरेका थिए ।

खेलको ३३औँ मिनेटमा घरेलु टोलीका राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, बाप्टिस्टाओले ४१औँ मिनेटमा गोल गर्दा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

रोबर्टाेले राफिन्हाको पासमा ६०औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतामा राखे । अल्मेरियाका गोन्जालेजले ७१औँ मिनेटमा गोल फर्काएपछि खेल पुनः बराबरीमा आएको थियो । तर, ८३औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा रोबर्टाेले विजयी गोल गरेका हुन् ।

Global Ime bank

जितसँगै १८ खेलबाट ३८ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । जाभीको टोली शीर्ष स्थानको जिरुनाभन्दा ६ अंकले पछाडि छ । शीर्ष स्थानको जिरुनाको १७ खेलबाट ४४ अंक छ । समान खेलबाट ४२ अंकसहित रियाल मड्रिड दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu