site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ३५ अंकले बढ्यो, सात अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ । यससँगै नेप्से २१४१.८६ विन्दुमा पुगेको छ ।

मंगलबार नेप्से  ४५.९५ अंकले बढेको थियो । सोमबार ३८.१४ र आइतबार नेप्से २७.७५ अंकले बढेको थियो ।

बुधबार ११ वटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ भने, दुई वटा होटेल तथा पर्यटन र निर्जीवन बिमा उपसमूहमा गिरावट आएको छ । 

आज एक करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर सात अर्ब ९५ लाख ७५ हजा १७६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँचको स्थिर छ । 

११ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro