site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
द्रुतमार्ग निर्माण सुरु गरेको साढे ६ वर्षमा सकियो ५२ अर्ब ८६ करोड 

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणमा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । द्रुतमार्ग निर्माण सुरु भएको साढे ६ वर्षको अवधिमा उक्त रकम खर्च भएको हो । 

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली सेनाका प्राविधिक महासेनानी एवं योजना तथा डिजाइन महाशाखा प्रमुख भरतलाल श्रेष्ठले उक्त विवरण पेस गरेका हुन् । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा पनि उपस्थित थिए । 

नेपाली सेनाले समितिमा पेस गरेको विवरणअनुसार २०८० मंसिर मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २८.५६ प्रतिशत र वित्तीय प्रगति २९.४४ प्रतिशत भएको छ । 

२०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णयबाट द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुतमार्ग निर्माण कार्यको शुभारम्भ गरेका थिए । 

परिमार्जित विस्तृत आयोजना प्रतिवेदनअनुसार द्रुतमार्गको लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । 

नेपाली सेनाको विवरणअनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड रुपैयाँ, २०७४/०७५ मा सात अर्ब ६३ करोड रुपैयाँ, २०७५/०७६ मा पाँच अर्ब ७३ करोड रुपैयाँ, २०७६/०७७ मा एक अर्ब ५३ करोड रुपैयाँ, २०७७/०७८ मा ६ अर्ब ८४ करोड रुपैयाँ, २०७८/०७९ मा आठ अर्ब ७४ करोड रुपैयाँ र २०७९/०८० मा १४ अर्ब ९४ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा खर्च भइसकेको छ । 

यस्तै, चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिरसम्म द्रुतमार्ग निर्माणमा दुई अर्ब ४३ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ । द्रुतमार्ग निर्माणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले द्रुतमार्गको लागि २२ अर्ब ५० करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

कोरोना महामारी र आवश्यक विस्फोटक पदार्थ समयमै उपलब्ध नहुँदा द्रुतमार्ग निर्माण कार्य योजनाअनुसार अघि नबढेको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro