site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन रिइन्स्योरेन्सको आईपीओ सबैले पाउने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भर्ने जति सबैले पाउने निश्चित भएको छ ।

सोमबार आवेदन दिने अन्तिम दिन साँझ ५ बजेर ८ मिनेट जाँदासम्मको तथ्यांकअनुसार सबै आवेदनकले यो कम्पनीको आईपीओ प्राप्त गर्ने निश्चित भएको हो ।

साँझसम्म १६ लाख ६० हजार २२ जनाले तीन करोड २२ लाख १५ हजार ७० कित्ता आईपीओ माग गर्दै आवेदन दिएका छन् ।

आवेदकको संख्या हेर्दा कम्पनीले सर्वसाधारणलाई जारी गरेको आईपीओ सबैले प्राप्त गर्नेछन् । कम्पनीले दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गरेको छ ।

आवेदकको संख्याअनुसार कम्पनीको आईपीओ प्रतिव्यक्ति १५ कित्ताका दरले प्राप्त गर्नेछन् । धेरैले १० कित्ता आईपीओ भर्ने भएकाले २० देखि ३० कित्ता भर्नेले समेत आईपीओ प्राप्त गर्न सक्ने सम्भावना रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।

साँझसम्म कम्पनीले निष्कासन गरेको आईपीओमा १.२९४ गुणा बढी आवेदन परेको छ । पहिलेको ट्रेन्ड हेर्दा कतिपयको रिजेक्ट हुन्छ । त्यसले गर्दा पनि माग गरेजति नै सबैले आईपीओ पाउन सक्ने सम्भावना बढी छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro