site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शुक्लाफाँटामा दुई हात्ती थपिँदै
फाइल तस्बिर ।
SkywellSkywell

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हात्ती थपिँदैछन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीका लागि हात्तीको अभाव रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अनुसार १० हात्तीको दरबन्दी रहेको शुक्लाफाँटामा हाल आठ हात्ती छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले चितवनबाट यहाँ दुई हात्ती ल्याउने विषयमा विभागबाट निर्णय भइरहेको बताए ।

KFC Island Ad
NIC Asia

विश्वमै दुर्लभ बाह्रसिंगेको प्रमुख बासस्थान रहेको शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडालगायत चराचुरुंगीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान छ । हाल यहाँ बाघ गणना भइरहेको छ । निकुञ्जभित्र सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी एवं निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले गस्ती गर्ने गरेका छन् ।

“चितवनबाट दुई हात्ती थपिएपछि काम गर्न सहज हुन्छ”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “जंगली हात्तीबाट क्षति कम गर्न पनि विभिन्न कोणबाट कार्यक्रम सञ्चालन हुने तयारी छ ।” निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्ती गरेर वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति मात्र परिचालित छन् । 

Royal Enfield Island Ad

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुबेला गरी तीन स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुते, पछुवा र फणित गरेर तीन कर्मचारी खटिँदै आएका छन् । विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जारी बाघ गणनाको नजिता आगामी वैशाखसम्म सार्वजनिक गरिनेछ । यसैगरी निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि पनि गृहकार्य भइरहेको प्रमुख संरक्षण अधिकृत भट्टराईको भनाइ छ । 

“बाघलगायत सबै खाले वन्यजन्तुको उद्धार एवं नियन्त्रणमा लिने खालको जनशक्तिसहितको टोली तयार हुँदैछ,” उनले भने, “अब केही समयपछि वन्यजन्तुको उद्धारका लागि बर्दियालगायत अरु ठाउँको भर पर्नुपर्दैन ।” रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro