site stats
बाह्रखरी :: Baahrakhari
देश
माली मिसन बन्द भएसँगै सेनाको टोली नेपाल फिर्ता

काठमाडौं । नेपाली सेनाको मालीमा तैनाथ शान्ति सेनाको टोली फिर्ता भएको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले मिसन बन्द गरेपछि शान्ति मिसनमा खटिएका नेपाली सेनाका १५६ जना फिर्ता भएका हुन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार सेनानी प्रज्वल थापाको कमान्डमा १५६ जना सैनिक खटिएका थिए । जसमध्ये ५९ जना सोमबार र बाँकी यसअघि नै नेपाल फिर्ता भएका थिए ।

थप १६ जना केही दिनमा फिर्ता हुने मुख्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्