site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या ५१ हजार नाघ्यो

काठमाडौं । गर्मीयाममा महामारी बनेको डेंगी संक्रमण योवर्ष मध्य जाडोमा समेत देखिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार डिसेम्बरका १५ दिनमा २९१ जनामा डेंगी पुष्टि भएको छ । 

नोभेम्बरमा दुई हजार १२२ जनामा संक्रमण देखिएको थियो । संक्रमण ३३ जिल्लामा देखिएको बताइएको छ । योसँगै जनवरीयता १५ डिसेम्बरसम्म संक्रमितको संख्या ५१ हजार २४३ पुगेको छ । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । 

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै डिसेम्बरमा ४४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

डिसेम्बरमा दैनिक एकजनाभन्दा बढी संक्रमित देखिनेमा काठमाडौं, झापा, कास्की, तनहुँ, गोरखा, चितवन, पाल्पा, लमजुङ र कैलाली छन् । 

गत वर्ष (सन् २०२२) मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै मानिस डेंगी संक्रमित भएका थिए । त्यतिबेला ५४ हजार ७८४ जना संक्रमित भइ ८८ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । 

dengue-1702886838.JPG

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro