site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
जेफ बेजोसले १० हजार वर्ष चल्ने घडी बनाउँदै

काठमाडौं । विश्वका घनाढ्य अमेजन ईकमर्सका संस्थापक जेफ बेजोसले अमेरिकाको टेक्सास राज्यको एक पश्चिमी पहाडमा १० हजार वर्ष चल्ने घडीमा लगानी गरिरहेका छन् ।

१० हजार वर्षसम्मको समय जनाउने उक्त स्मारक घडी निर्माणका लागि बेजोसले चार करोड २० लाख अमेरिकी डलर लगानी गरिरहेका हुन् ।

Dabur Nepal
NIC Asia

यो घडी कम्प्युटर वैज्ञानिक एवं आविष्कारक ड्यानी हिलिसले डिजाइन गरिरहेका छन् । इन्जिनियरिङको एक आश्चर्य र कलाकृतिको उदाहरणका रूपमा समेत घडी निर्माण भइरहेको हो ।

यो एक मेकानिकल यन्त्र हो । यो पृथ्वीको थर्मल चक्रको शक्ति प्रयोग गरेर चल्ने बताइएको छ । यसमा सोलार सिंक्रोनाइजर, पेन्डुलम, चाइम जेनरेटर र गियर एवं डायलहरू समावेश छ । यसको उचाई करिब १५२ मिटर (५०० फिट) रहेको छ ।

घडी हरेक दिउँसो सूर्यसँग सिंक्रोनाइज हुने र यसले वर्ष, शताब्दी र हजार वर्ष (सहस्राब्दी)को रेकर्ड राख्ने छ । यसमा २५ लाख पटक फरक फरक घण्टी बज्ने चाइम जेनेरेटर समेत रहेको छ ।

घडीमा पनि पाँचवटा कोठा जस्तै वार्षिकोत्सव कक्ष रहेको र पहिलोले एक वर्ष, दोस्रोले १० वर्ष, तेस्रोले १०० वर्ष, चौथोले एक हजार वर्ष र पाँचौँले १० हजार वर्षको संकेत गर्छ ।

कक्षहरूमा समय सम्बन्धित कलाकृति र मानवताको भविष्यबारे सन्देश राखिनेछन् । पहिलो कक्षमा सौर्यमण्डलको मोडेल राखिने र अन्य कक्षा भविष्यका पुस्ताले भर्नेछन् ।

मानवताको उज्ज्वल भविष्य र दीर्घकालीन सोचका साथ ड्यानी हिलिसको दर्शनबाट प्रेरित भएर बेजोसले यसमा लगानी गरिरहेको बताइएको छ । हाल निर्माणकै क्रममा रहेको यो घडी कहिले बनीसक्छ भन्ने मिति सार्वजनिक भएको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro