site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मण्डला नाटक घरमा ‘पगला घोडा’ मञ्चन हुँदै, प्रमोद र मलिका मुख्य भूमिकामा

काठमाडौं । मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुतिमा मण्डला ‘पगला घोडा’ मञ्चन हुने भएको हो । 

नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ । शनिबार दुई शोज राखिएको  छ ।  

भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । नाटकको नेपाली अनुवाद  शिव खाँड ठकुरीले गरेका हुन् । 

पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्ने क्रम बढेको छ । यही संवेदनशील विषयवस्तुलाई दर्शकमाझ प्रस्तुत गर्दै सचेत गराउन नाटकको परिकल्पना गरिएको बताइएको छ । 

नाटकमा कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायत मञ्चमा देखिने छन् ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro