site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काम गरौँ, चुनावको चिन्ता नगरौँ : शर्मा
फाइल तस्बिर ।

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लाग्न सुझाव दिए ।

उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । “नेपालमा भूकम्पपछि घर पुनर्निर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला । तर, १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ,” शर्माले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आउँदो फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने उनले बताए । “अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ,” महामन्त्री शर्माले भने, “सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ । आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।”

उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका निम्ति केन्द्रित हुन आवश्यक रहेको धारणा राखे । रासस

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्